११ मंसिर २०८३, बिहीबार

दार्चुलामा आफ्नो क्षेत्रमा निर्माण शुरु गरेको हो-एसएसबि

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार १४:३० मा प्रकाशित

महाकाली नदिको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । सोहि स्थानमा नदिमा पानी बढी भयो भने सुरक्षामा रहेका दुबै तर्फका प्रहरी चौकीलाई बगाउने खतरा हुने गरेको छ । नेपाल र भारत तर्फका प्रहरी सेनालाई समेत तेहा सिमा सुरक्षा गर्न समस्या उत्पन्न हुने गरेकोले पानी रोक्न दुबै पक्षले आ आफ्नो भुमिमा निर्माण गर्ने गरेका छन् । यसैबिच पुरानो घटनाको अधारमा समाचार प्रकाशित भएको प्रती भारतीय पक्षले चासो लिएको छ । भारतिय सिमा सुरक्षा बल एसएसबिले त्यसबारे समाचारमा कुनै सत्यता नरहेकोे दावि गरेको छ । नेपाल र भारतले कुनै पनि सिमा नजिक निर्माण गर्दा एक अर्को सङ समन्वय सहकार्य गर्दै आएको एसएसबिले जनाएको छ । सीमा छेत्रमा रहेका नदीमा हरेक बर्ष डुबानको खतरापूर्ण हुन्छ त्यस प्रति नेपाल पक्षपनि जागरुक रहना जरुरी रहेको बताए। भारतले अहिले गर्न लागेको निर्माण कार्य आफ्नो छेत्रमा रहेको र आफ्नो छेत्रमा निर्माण थालेको बताए । उक्त विषयमा माथिल्लो निकायमा समेत यश बारेमा जानकारी गराएको जानकारी दिए । हामी आफ्नै छेत्रमा निर्माण कार्य गरि रहेकोले उक्त बारेमा बिरोध गर्नु पर्ने आवश्यकता न रहेको बताउछ्न ।

भारतीय पक्षले आवश्यक समन्वय बिना कुनै पनि निर्माण कार्य गरेको छैन आफ्नो छेत्रमा वाल निर्माण गर्न लागेको बताएका छन् । ‘०७० को बाढीले दार्चुलालाई तहसनहस गरेको थियो। त्यस पछि बल्लतल्ल नेपाल सरकारबाट महाकाली नदीमा बाल निर्माण गरियो’।
महाकाली नदीले हरेक बर्ष प्रभावित हुने गरी भीर कटान गर्दै आएको छ ।
भारतिय तर्फबाट शुरु गरिएको निर्माणको बिसय नयाँ मितिमा नेपाल तर्फबाट कुनै गुनासो कहि कतैबाट नआएको भारतीय एसएसबिले जनाएको छ । यदि यसबारेमा स्थानीय निकाय या नेपाल सरकारले चासो लिएमा हामी सहकार्य गर्न तयार रहेकोे बताए । हामी दुबै देशहरूले एकको सम्मान गर्दै सहकार्य गर्ने तयार छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x