१ श्रावण २०८३, शुक्रबार
दुइ दलिय संयन्त्र भनेकै गुप्त सरकार हो ?
ओम आचार्य
गठवन्धनको सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष के पी ओली को सरकार संन्चालनको सय दिन वित्दा पनि सात बुदे सहमति अनुसार कुनै देखिने गरी कार्ययोजना र कार्यसिध्दी नदेखिएपछी गठवन्धन का दुई दल काग्रेस र एमालेले दुइ दलिय संयन्त्र गठन गरेका छन ! संयन्त्रको नेतृत्व दुबै दलका अध्यक्षबाट नोतृत्व हुने भएको छ!
संयन्त्र निर्माण हुनु गठवन्धन भित्र काग्रेसले सातबुदे सहमती अनुसार सरकार नचलेको , सरकारको नेतृत्व गरेका के पी ओली आफ्नो स्वेच्छारी ठंगले सरकार संचालन गरेको ,र काग्रेस भित्रै पनि ओली नेतृत्व सरकारको सयदिनको समीक्षामा असन्तुष्टी देखिएको हुदा काग्रेसले दुइ दलिय सं यन्त्रको आवस्यक ठानेको हुन सक्छ!
यस भन्दा पुर्व के पी ओली कै नोतृत्वमा सरकार सरकार संचालन हुदा नेकपा सहअध्यक्ष प्रचण्डले संयन्त्रको प्रस्ताव राख्दा अस्विकारेका ओली अहिले काग्रेसको गठवन्धन मा यो प्रस्ताव स्विकारोका छन ! यसबाट के भन्न सकिन्छ भने यो प्रस्ताव प्रधानमन्त्री रहेका को पी ओलीको रुची अनुसार भएकै होइन ! काग्रेसकै प्रस्ताव अहिले स्विकारेका छन! प्रधानमन्त्री के पी ओली ले अहिले अन्य राजनितिक विकल्प नदेखेर नै परिस्थितीवस स्विकारेका हुन !
काग्रेसले यौटा कुरा बुज्नु पर्छ! त्यो के भने कुनै पनि घरको मुलीले छोराको विहे गर्दा केटीको घरको परिवारको धर्म संस्कृति संस्कार विचार र चरित्र सबै बुजेर बुहारी भित्र्याउनु पर्छ!छोराको विहे गर्दा बुहारी मात्र आउदिनन बुहारी संगै धर्म संस्कृती र संस्कार पनि संगै आउछ ! यस्तो अवस्थामा बुहारी भित्रेको घरको तालमेल मिल्दा परिवार राम्रो संग संचालन हुन्छ नत्र विचलन र पृथकता आउन सक्ने देखिन्छ!
अहिले काग्रेस र एमाले को राजनीतिक रुपमा सास्कृतिक, विचार र चरित्र केही पनि मिल्दैन! यस्तो अवस्थामा कुन दल कुन दल प्रती हावी हुन्छ , जुन दल हावी हुन्छ उस्ले त्याहा आफ्नो प्रभाव छोडछ नै !एमाले काग्रेसमा हावि भए काग्रेसमा आफ्नो प्रभाव छोड्छ ! काग्रेस एमालेमा हावि भए एमालेमा आफ्नो प्रभाव छोड्छ!यही प्रतिस्पर्धा दुइ दल बिच सधै रहीआएको छ र भविष्यमा पनि रहने छ ! यसैको परिणती हो दुइ दलिय संयन्त्रको निर्माण !र यो संयन्त्र काग्रेसकै योजनामा काग्रेसकै रणनीतिमा आएको हुनु पर्छ!
संयन्त्र निर्माण हेर्दा अहिले सरकार दुइवटा देखिन्छ ! यस्लाइ द्वैत सरकार भन्दा हुन्छ! यस्तो सरकारको पंचायतकालमा पनि चर्चामा आएकै हो ! यौटा देखिने सरकार र अर्को गुप्त सरकार देखिने सरकार भन्दा गुप्त सरकार वलियो खतरनाक पनि हुन्छ ! गुप्त सरकारले निर्णय गर्ने र देखिने सरकारले सोही बमोजिम निर्णय गर्दै काम गर्ने जय अपजस देखिने सरकारले लिनु पर्ने ! गुप्त सरकारले जोखिम बोक्दैन जोखिम बोक्ने देखिने सरकार हो!
संयन्त्रमा गगनको इन्ट्री
नेपाली काग्रेसका माहामन्त्री गगन थापाको इन्ट्रीले नेपाली काग्रेसको राजनीतिमा विशेश अर्थ राख्छ!काग्रेसबाट उपसभापति पुर्णबाहादुर खड्का , गृहमन्त्री रमेश लेखक,र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य रहेको संयन्त्रमा माहामन्त्री गगन थापा समेत सदस्य रहेका छन ! यो संयन्त्र निक्कै प्रभावशाली हुने हुदा शेर बाहादुर देउवाले माहामन्त्री गगन थापालाइ सदस्य राखे पछी थापा सस्थापन इतर भित्र चर्चाको विसय वन्दै गर्दा संस्थापन इतर कमजोर गराउने या भएको अनुमान गरिन्दैछ।
गगन थापा काग्रेस भित्र कुशल वक्ताको रुपमा हेरिन्छ उन्को भाषण शैलीमा सम्मोहन सक्ती रहेको जन विस्वास छ ! गगन अति महत्वकांक्षी रहेको देखिन्छ ! यही महत्वकांक्षी भएकै कारण संसदिय दलको नेतामा समेत उम्मेदवारी दिएका थिए ! र अव पाटी सभापतिको उम्मेदवारी समेत दिने वताउदै गर्दा संस्थापन इतरबाट डा. शेखर कोइरालाको पाटी सभापति को उम्मेदवारीमा गगनको को सभापतिको उम्मेदवारी हुने चर्चाले संस्थापन इतरमा गगन लामो समयसम्म अर्थात सभापती उम्मेदवारी सम्म संगै रहन्छन संन्देह धेरैमा थियो ! अहिले दुइ दलिय संयन्त्र मा गगनको प्रवेशले यो संन्देहमा नजिक पुर्याएको छ!
संयन्त्रले गठवन्धनमा विग्रह ल्याउन सक्ने
अहिलेको गठवन्धन को सरकार अपारदर्शी हुदै गएको देखिन्छ ! संयन्त्र निर्माण गर्नु नै सरकार पारदर्शी नहुनु हो ! सरकार भित्र रहेका मन्त्रीहरु यो संयन्त्रको छायामा पर्नु र सरकार को नेतृत्व गरेका एमालेका अध्यक्ष के पी ओली समेतको अर्थात प्रधानमन्त्री को सार्वभौम अधिकार अव दुइ दलिय संयन्त्र खुम्चने भएको छ! त्यस मातहातका मन्त्रालयहरु समेतमा के गर्ने भन्ने सम्म द्विविधा पार्न सक्छ!
अति महत्वकांक्षी र स्वेच्छाचारी के पी ओली यो संयन्त्रमा कति दिन बाधिन सक्छन ! उनलाइ नजिकबाट चिन्ने र बुज्ने ले यो संयन्त्रमा प्रधानमन्त्री गुम्सने हुदा यस्ले गठवन्धन मा विग्रह ल्याउन सक्छ !
Subscribe
Login
0 Comments





