१५ आश्विन २०८३, बिहीबार

दुई बुँदे माग राखेर प्युठान अस्पतालका चिकित्सकहरु आन्दोलनमा

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार ०४:१९ मा प्रकाशित


नेपालगन्जः सुत्केरीको मृत्यु प्रकरणलाई लिएर प्युठान अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरुले सोमबारदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गराएका हुन्। उनीहरुले २ बुँदे माग राख्दै अस्पतालको आकस्मिक बाहेकको सेवा बहिस्कार गरेका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुत्केरीको रेफर गर्दा बाटोमै मृत्यु भएको घटनालाई लिएर आफूहरुलाई विना गल्ती माफी माग्न लगाएको भन्दै अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गराएका हुन्।

मृतकका आफन्तले आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयका अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा निकायका प्रतिनिधि र प्युठान नगरपालिकाका मेयर तथा सांसद तथा अन्य राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा भएको छलफलमा अस्पतालका चिकित्सकहरुलाई विना गल्ती माफी माग्न लगाएको र अस्पताल विकास समितिको तर्फबाट क्षतिपूर्तिका नाममा पैसा समेत तिर्न लगाएको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन्।

प्युठानको झिमरुक गाउँपालिका–७ कि २४ वर्षीया अनिसा एमसीको उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले रेफर गरेको थियो। तर, महिलाको बाटोमै मृत्यु भएपछि मृतकका आफन्तहरुले शव फेरी प्युठान अस्पतालमै ल्याएर अस्पताल प्रशासनमा आन्दोलन सुरु गरेका थिए।

चिकित्सकलाई विना गल्ति माफी माग्न लगाउने व्यक्तिहरुले लिखित माफी माग्नुपर्ने र अस्पतालका सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभुति गरि भविष्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता गर्नुपर्ने उनीहरुको माग छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x