दुई युवा क्रान्तीकारी नेता बिच भेटघाट
अरमान खाँन नेपालगंज / बर्दिया गुलरियाको कार्यक्रम सम्पन्न गरी थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु बाँके स्थित डुडुवा गाउँ पािलका ६ बस्ने जनमत पार्टीका केन्दिय सदस्य मो. इरफान शेषको बिरामी हुनु भएकी आमाको खबर लिन गाँउमै पुगेका थिए ।
देशमा जारी बिद्यमान राजनितीक गतिबिधी माथी अहिले थरुहट थारुवान राष्ट्रिय मोर्चाले तराईका सबै जिल्लाहरुमा भेटघाट तिब्र पारेको छ । उता जनमत पार्टी बाँकेले पनि बिभिन्न वडाहरु कार्यसमिती गठन गर्दै आएको छ ।

थारु र मधेशीका हकअधिकारका वकालत गर्दै आएका दुई क्रान्तिकारी युवा नेता बिच हालखबरका साथै राजनितीक चर्चा बारेमा केहि बोलेनन् भने भेटघाट भलाकुसारी आदान प्रदान भएको समाजिक संजाल मार्फत जनमतका नेता शेष जनाएका छन ।
अहिले तराइर्, मधेश,थरुहटको हक अधिकारका लागि संबिधान संशोधन गर्नु पर्ने माँग गदै आएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्नो अभियान तिब्र पारेको हो । कोरोना महामारीका कारण मोर्चा शान्त रहेको एक जना थारु नेताले जनाएका छन् ।

अहिले बिशेष गरी मध्यपश्चिम ,पश्चिम क्षेत्रलाई अझ मोर्चालाई बलियो बनाउने अभियान, कार्यकर्ताहरु संग भेटघाट प्रशिक्षण जस्ता कार्यक्रम मोर्चाले गर्दै आएको छ । उता जनमत पार्टीले समय समय मधेशीहरुको हक अधिकारका लागि संघर्षरत रहेदै आएका जनमतका नेता डाक्टर सिके राउतको पार्टी पनि तराईका बिभिन्न जिल्लाहरुमा मधेशी,मुस्लिम,थारु,जनजातीहरुको माँग उठाउदै छ ।


