१ श्रावण २०८३, शुक्रबार
देशभर विश्वकर्मा पुजाआजा गरि मनाइँदै

बिहीवार देशभर विश्वकर्मा पुजाआजा गरि मनाइँदैछ । असोज १ गतेको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरिन्छ । विभिन्न औजार तथा मेशिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ ।
आश्विन संक्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ ।
विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।
झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
Subscribe
Login
0 Comments



