दैलेखमा नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी


दैलेख जेठ २३ गते । कर्णाली प्रदेशमा कोरोनाको हब बनेको दैलेख जिल्लाका दुईवटा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। छोटो समयभित्रै जिल्लामा २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । आज शुक्रबार साँझ ६ बजेदेखि दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी । भारतबाट निरन्तर रुपमा नेपालीहरु र्फिर्क रहेकाले र आउने नेपालीको आउने बढदै साथै उनीहरुमा कोरोना संक्रमित उत्तिकै बढेकाले निषेधाज्ञा लगाईएको छ । राजपत्रमा उल्लेख भएका अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश दिएको छ । नारायण नगरपालिकाको सम्पुर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामा समेत निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले सुचना जारी जनाएको छ । आज मात्रै दैलेखमा ९१ जनामा संक्रमण देखिएको छ ।

निरन्तर कोरोना संक्रमण सख्या बढ्दै गएकाले र संक्रमणको रोकथाम गर्न निषेधाज्ञा आदेश भएको प्रशासन उल्लेख गरेको छ । आरडीटी चेकजाँच गरेर घर गएकाहरुमा कोरोना पुष्टि भएको र उनीहरुको खोजीकार्य भइरहेको छ । शुक्रबार सम्म दैलेखमा ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ । दुई नगरपालिका अन्र्तगत रहेको क्वारेन्टाइनमा ३ हजार ९ सय ५१ जना बस्दै आएका छन् भने कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मुख्य गरी सदरमुकाम रहेको नारायण नगरपालिका तथा दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो। कोरोना भाइरसको संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिन जिल्लाभर प्रतिकुल प्रभाव पर्न सक्ने कुनै किसिमका गतिविधि हुन र गर्न नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा जारी सूचनामा उल्लेख छ।