१ श्रावण २०८३, शुक्रबार

दोश्रो लटमा थप १५ जना संक्रमित,बाँकेमा शनिबार ५५ जनामा संक्रमण

एसीपी संवाददाता

२७ भाद्र २०७७, शनिबार १४:४३ मा प्रकाशित

बाँकेमा शनिबार थपिएका ४० जना कोरोना संक्रमितका साथै दोश्रो पटक आएको रिर्पार्टमा थप १५ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालले जारी गरेको दोश्रो लटमा १५ जनामा कोभिड १९ कोरोना संक्रमण रहेको फोकल पर्सन नरेश श्रेष्ठले जारी गरेको सुचना उल्लेख गरेका छन् ।

दिउसो मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण सहित ४० जना कोरोना भाइरसका संक्रमित थपिनेक्रममा मालपोत कार्यालयका लेखा अधिकृतसहित ८ जना कर्मचारीमा भाइरस संक्रमण देखिएको हो ।

मालपोतका ८ कर्मचारी सहित बाँकेमा  ४० संक्रमित , १५ निको

मालपोतका ८ कर्मचारी सहित बाँकेमा ४० संक्रमित , १५ निको

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँचजना गरी बाँकेमा शनिवार ४० जना थपिएका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १४ सय नाघेको छ । अव जिल्लामा संक्रमितको संखया १ हजार ४ सय १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x