१४ श्रावण २०८३, बिहीबार

धनुषामा कर्फ्यु जारी: शान्ति सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न अनुमति, गोलीसम्म चलाउन सकिने आदेश

एसीपी संवाददाता

१४ श्रावण २०८३, बिहीबार २१:३९ मा प्रकाशित

जनकपुरधाम, २०८३ साउन १४
जिल्ला प्रशासन कार्यालय, धनुषाले शान्ति व्यवस्था कायम राख्नको लागि भन्दै जिल्लाको विभिन्न क्षेत्रमा लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा जारी गरिएको पत्रअनुसार अर्को आदेश नभएसम्मका लागि बेलौनी रोड, हुलाकी सडक, सिनुरजोडा, सोहनी, मनिमण्डप, लक्ष्मीनिया हाटबजार चोक तथा नगराईन नगरपालिका आसपासका क्षेत्रहरूमा निषेधाज्ञा तथा कर्फ्यु लगाइएको छ।

सुरक्षा स्थिति कडा पार्न र नियन्त्रणमा लिन स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम नेपाली सेना परिचालनका लागि अनुरोध गरिएको छ। साथै, कारबाहीका क्रममा शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली समेत चलाउन सक्ने अधिकार प्रत्यायोजन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x