१२ असार २०८३, शुक्रबार

सांझ सवा ६ बजे सम्म पुगे ६० संक्रमित

एसीपी संवाददाता

१९ भाद्र २०७७, शुक्रबार १३:३५ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सांझ सवा ६ बजे जारी गरेको सुचनामा थप २० जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित अधिकांश जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेको बताईएको छ । यसअघि आजै बाँकेमा ४० जनामा संक्रमण पुष्टि भएको थियो । ३७ जना भेरीको प्रयोगशालामा र ३ जना बागेश्वरी डाईग्नोस्टिकको प्रयोगशालामा संक्रमण पुष्टि भएको हो ।

अहिले भेरीले थप २० जनामा संक्रमण पुष्टि भएको सुचना जारी गरेसँगै आजमात्र बाँकेमा नयाँ संक्रमितको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ४७१ नमुना परीक्षण गर्दा भेरीमा बाँकेका मात्र ५७ संक्रमित थपिएका हुन् ।
जिल्लामा संक्रमण दर उस्तै रहेकाले संक्रमणको चेन तोड्न प्रशासनले हप्तामा दुईदिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x