१ श्रावण २०८३, शुक्रबार

धवन चल्दा कर्णालीको १५० रन पुग्यो , काठमाडौं बिजयी

एसीपी संवाददाता

१९ मंसिर २०८१, बुधबार १२:४९ मा प्रकाशित

नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधबार भएकाे खेलमा कर्णाली याक्स दाेस्राे हार बेहाेर्दै पुन: एक पटक स्तब्ध भएकाे छ। काठमान्डु गुर्खाजसामु कर्णाली ३ विकेटले हार बेहाेरेकाे हाे।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍याे। काठमान्डुको जितमा कप्तान करण केसीले कप्तानी इनिङ खेले। १० बलको सामना गरेका उनले २८ रन जोडे।

करणले २ चौका र २ छक्का हिर्काए। सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२, भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए।

बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमान्डुलाई १५० रनको चुनौती पेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोडेको हो।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे। पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे।

५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए।

यससँगै काठमान्डुले पहिलाे जित निकालेकाे छ। यसअघि काठमान्डु चितवन राइनोजसँग ५ विकेटले हार बेहाेरेकाे थियाे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x