१ श्रावण २०८३, शुक्रबार

नर्सिङ क्षेत्रका समस्या समाधानका लागि नर्सहरु आन्दोलित

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ०१:२२ मा प्रकाशित

नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित भएका छन् ।

समग्र नर्सिङ क्षेत्रको समस्या समाधान गर्न पहल गर्नुपर्ने भन्दै उनीहरुले सोमबार नेपाल नर्सिङ संघको कार्यालय अगाडी धर्ना दिएका छन् । कोरोना संक्रमणको समयमा फन्टलाइनमा खटिने नर्सहरुलाई भत्ताको सट्टामा ड्युटी समेत घटाएर तलब समेत काटिदिएको भन्दै आफुहरु आन्दोलित भएको नर्सहरुले बताएका छन् ।

धर्नामा सहभागी नर्स कल्पना रिजालले एकसाता अघि नै नर्सहरुको समस्या समाधानका लागि ६५ बुंदे माग सहित नर्सिङ संघमा मागपत्र बुझाएको र संघले एकसातामा माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि आफ्नो मागहरुको सुनुवाइ नभएको भन्दै आफुहरु आन्दोलित भएको बताउनु भयो ।

उनीहरुले कोरोना संक्रमणको समय भएकाले नर्सहरु बिरामीको सेवामा खटिदा संक्रमणको उच्च जोखिममा रहेकाले सरकारले नर्सहरुलाई पीपीई लगायतका सुरक्षा सामाग्री उपलब्ध गराउनुपर्ने र जोखिम भत्ता दिनुपर्ने पनि बताएका छन् ।

नर्सहरुले कतिपय सरकारी तथा निजी अस्पतालहरुले कोभिडको समयमा समेत नर्सहरुको तलब काटिदिएर जागिर छोड्न बाध्य पारेको पनि बताएका छन् । नेपाल नर्सिङ काउन्सिलले आयुर्वेद पढेकी एक युवतीलाई नर्सिङ लाइसेन्स दिएको भन्दै उक्त घटनाको विषयमा छावनीन गरी नर्सिङ नै नपढेको व्यक्तिलाई लाइसेन्स दिने काउन्सिलको पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने समेत माग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x