नेकपाका दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

इलाम । इलाममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश भएका छन् । माइ नगरपालिका ७ का तीन दर्जन युवाहरु शनिबार नेपाली कांगे्रसमा प्रवेश भएको इलाम कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व संविधान सभा सदस्य नागेन्द्र कुमालको पहलमा उनीहरुको कांग्रेसमा प्रवेश भएका हुन् । नेपाली कांग्रेसको आगामी १४ महाधिवेशन लक्षित कार्यक्रमको प्रचार प्रसारको क्रममा एक कार्यक्रमका बीच उनीहरुलाई कुमालले सदस्यता दिएका हुन् ।
प्रवेश हुनेहरुमा माइ नगरपालिका नेकपाका युवा नेताहरु राजकुमार लिम्बु, सुकमाया सावा लिम्बु, डिकबहादुर कुलुङ, रामबहादुर एक्तेन, मिलन राई, धनिराम राई, पर्सुराम राई, गोपाल कुरुङ्वाङ, बुधाङ जवेगु, बलबहादुर लिम्बु, लक्की राई, भिमन राई, रुपेश चेमजोङ, छत्रबहादुर तामाङ, सरीता थेगिम र महेन्द्र राई लगाएत रहेका छन् ।
विशेष गरेर सो क्षेत्र नेकपाका नेता एवं पूर्व सभामुख सुवास नेम्वाङको क्षेत्र हो । उद्यपी नेतृत्वको कार्यशैलीले आजित भएपछि आफुहरु कांग्रेसमा प्रवेश भएको नव–प्रवेशीहरुले बताएका छन् ।
‘पछिल्लो समय तत्कालिन एमाले र ए–माओवादीबीचको पार्टी एकता पछि बनेको दुइ तिहाइको कम्युनिष्ट सरकार मुलुक र जनताको हित विपरित गएको हाम्रो ठम्याइ हो’ नव–प्रवेशी राजकुमार लिम्वुले भने ।
हिजो सर्वहारा वर्गका नेता हुँ भन्नेहरु आज सत्तामा पुगेपछि जनतामाथि नै ठुलो विश्वासघात गरेको उनीहरुले बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको जिल्ला समेत रहेको इलाममा कांग्रेसमा प्रवेश हुनेहरुको अहिले लर्को लागका छन् ।
केहिदिन अगाडि कोरोनाको महामारीमा जनता परिरहेका बेला त्यसको वेवास्ता गर्दै सर्प पाल्न भनेर ७२ करोड फाउन्डेशनको नाममा उल्टै असुलेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
इलामेलीले पटक पटक जिताएर पठाएका उनीहरुले जनता समस्यामा रहँदा लुट धन्दा चलाएको उनीहरुले आरोप लगाएका छन् । सभार हरेकपल



