३ श्रावण २०८३, आईतवार

नेकपाको अन्तरकलले मुलुकलाई बर्बादीको बाटोमा लाग्यो-महर

एसीपी संवाददाता

१० मंसिर २०७७, बुधबार १७:१२ मा प्रकाशित

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सत्तारुढ नेकपाको अन्तरकलले मुलुकलाई बर्बादीको बाटोमा लगेको आरोप लगाएका छन् । कोरोना महामारीले मुलुक सामू गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्युनिकरणको दीर्घकालीन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको नेता महरको आरोप छ ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले दाङमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको बताए । ‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर,’ नेता महरले भने–‘झुटो नाराले भ्रम त छर्न सकिन्छ तर मुलुक चलाउन सकिदैन भन्ने पुष्टि भएको छ ।’

नागरिक सिटामोल पाइ नरहेकाले प्रधानमन्त्रीले मुलुकमा आमुल प्रगतिको भ्रम गर्नु हाँस्यास्पद भएको उनको भनाइ छ । नेता महरले नेकपाका लज्जाष्पद राजनीतिक गतिबिधीले नागरिकमा व्यवस्थाप्रति नै बितृष्णा फैलिरहेको बताए ।

महरले भने, ‘जनताले दुई तिहाई मत दिएर सरकारमा पठाए तर सरकारले के ग-यो नेकपाकै अध्यक्ष प्रचण्डले सचिवालयमा ल्याएको प्रतिवेदन पढे हुन्छ ।’

सरकार असफल भएको कुरा काँग्रेस लगाएको आरोप मात्रै होइन, नेकपाकै दस्तावेजले पुष्टि गरेको उनको भनाइ छ । नेता महरले भने, ‘कम्युनिष्टको असली चरित्र यही हो, यिनीहरुबाट देश बन्ने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिने नेता महरले काँग्रेसको सरकारमा सहभागिताबारे सञ्चारकर्मीको जिज्ञासाका क्रममा काँग्रेस जनताको म्याण्डेडभन्दा कहिल्यै बाहिर नजाने जिकिर गरे ।

‘खुमलटारका मान्छेलाई तर्साउन बालुवाटारबाट गरिएको हल्लाका पछाडि नलागौं, काँग्रेसले जनादेशको अपमान गर्न सक्दैन,’ महरले भने, प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई भेटेर मुलुकका बिद्यमान समस्या बारे सचेत गराउनुलाई नेकपाको अन्तर राजनीतिसँग जोड्नु उचित होइन ।’ रातोपाटि बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x