१२ मंसिर २०८३, शुक्रबार

नेकपाको झण्डामुनि गोलबद्ध हुनका लागि गृहमन्त्रीको आग्रह

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार ०५:१६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी छोडेर गएकाहरुलाई पार्टीभित्र आएर निर्वाचनमा भाग लिनका लागि आग्रह गर्नुभएको छ ।

चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृमहन्त्री थापाले जनताले चाहेको समृद्धि नेकपाले मात्रै ल्याउने भन्दै सबैलाई नेकपाको झण्डामुनि गोलबद्ध हुनका लागि आग्रह गर्नुभएको हो । प्रचण्ड–नेपाल समूहले पार्टीभित्र फुट ल्याउने दुस्साहस गरेका भन्दै थापाले त्यस्तो गम्भीर गल्तीबाट पछि हट्न आग्रह गर्नुभयो । गल्ती सबैबाट हुनसक्ने भन्दै गृहमन्त्री थापाले आफ्नो गल्ती स्वीकार गर्नु नै बुद्धिमान हुने बताउनुभयो ।

चितवनको भरतपुरमा आयोजित सो जनसभालाई नेकपा प्रदेश २ का अध्यक्ष एवं शहरी विकास मन्त्री प्रभु साहले नेपाल समृद्धिको यात्रामा अगाडि दौडिएको बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा सडक र पुलहरुको निर्माणले गति लिएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x