१२ मंसिर २०८०, मंगलवार
नेकपाको सचिवालय बैठक एमसिसी बारेमा छलफल

नेकपाले शनिबार बिहान सचिवालय बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो ।
बैठक आज शनिबार बिहान ९: ३० बजेका लागि बोलाइएको छ । बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । एमसीसीलाई लिएर नेकपामा विवाद कायम रहेको छ ।
पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।
Subscribe
Login
0 Comments