२ श्रावण २०८३, शनिबार

नेकपा कर्णाली विवाद : झनै पेचिलो

एसीपी संवाददाता

५ कार्तिक २०७७, बुधबार १४:५८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद झनै पेचिलो बन्न पुगेको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव मिलाउन राजधानी आएका वेला शाहीले नियुक्त गरेका सचेतक सीता नेपालीले संसदीय दलको बैठक आाह्वानपछि विवाद झन् बल्झिएको हो । 

सचेतक नेपालीले बैठक बोलाएपछि शाही पक्षका नेताहरू कर्णाली फर्केका छन् । 

केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा देखिएकाे विवादबारे सहमति हुन नसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कर्णाली फर्किन लागेको हो । 

नेबिसंघका महामन्त्री बैद्यद्वारा बिपन्न परिवारलाई खाद्यान्न बितरण

कार्तिक ७ मा कर्णाली प्रदेश नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक सीता नेपाली राखेको संसदीय दलको बैठकमा उपस्थित हुनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीपक्षीय नेताहरू कर्णाली फर्किन लागेका हुन् । 

अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावकाे सामना गरेर अगाडि बढ्ने रणानीति बनाएकाे देखिन्छ । 

‘७ गते ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ,’ नेकपा संसदीय दलका सचेतक कुर्मराज शाहीले भने, ‘अब मुख्यमन्त्रीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई सामना गर्नुहुन्छ ।’

चीन र ताइवानको बिवाद फिजीमा सम्म

सचेतक शाहीले अविश्वासको प्रस्ताव सामना गर्ने सातजना सांसदले दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध पेस भएकाे अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए । ‘अविश्वासको प्रस्ताव पेस गर्ने समूह अहिले अल्पमतमा परेको छ,’ उनले भने, ‘अविश्वासको प्रस्ताव पेस गर्ने मलगायतका सातजनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका छौँ ।’

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्डनिकट शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन् । उक्त सहमतिअनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ । नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ ।

अवैधानिक प्रमुख सचेतकले बोलाएको बैठकमा उपस्थित हुँदैनौँ : शाह

मुख्यमन्त्री शाहीले संसदीय दलको प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाहले दलको प्रमुख सचेतक सीता नेपालीले बोलाएको बैठकमा उपस्थित नहुने बताएका छन् । ‘हामी अवैधानिक प्रमुख सचेतकले बोलाएको बैठकमा अपस्थित हुँदैनौँ,’ उनले भने, ‘संसदीय दलको बैठक बोलाएकोबारे जानकारी नै छैन ।’

बिहीबार अध्यक्षद्वयबीच भएको सहमतिअनुसार अगाडि बढ्ने र त्यसको उल्लंघन कसैले गर्न नपाउने शाहले बताए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रमुख सचेतक नहटाउने, नेपाली साबिककै सचेतक पदमा रहने, अन्य विषय समझदारीमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजकको नोट आएको छ,’ उनले भने, ‘अब त्यही आधारमा अगाडि बढ्छ ।’साभार नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x