२ श्रावण २०८३, शनिबार

नेकपा त्याग काङ्ग्रेसमा आबद्ध

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ०८:१२ मा प्रकाशित

दोलखामा नेकपा निकट दर्जनौं यातायात मजदुर नेताहरु ट्रेड युनियन कांग्रेससंग आबद्ध यातायात मजदुर संघमा प्रबेश गरेका छन् । मंगलबार एक कार्यक्रमका बिच ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राई, कांग्रेस दाेलखाका सभापति रूद्रबहादुर खड्का,कांग्रेस नेता बर्मा लामा,ईश्वर मानन्धर, केशवराज चौलागाईं,कुन्दनराज काफ्ले, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य बलदेव तामाङ , दोलखा जिल्ला अध्यक्ष रामजी चौलागाईं लगायतका नेताहरूले जिफन्टमा आबद्ध रहेका मजदुर नेताहरूलाई स्वागत गरेका थिए ।

नवप्रवेशि मजदुर नेताहरूलाई स्वागत गर्दै उपाध्यक्ष राईले आफुलाई श्रमजीवी वर्गको सरकार भन्नेहरूले श्रमिक भोकले ज्यान गुमाउन बाध्य भए पनि संवेदना नदेखाउँदा आश्चर्य चकित भएको बताए । श्रमिक समस्या समाधान गर्न अनौपचारिक क्षेत्र लगायत सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्न राईले माग गरे ।

दोलखा कांग्रेस सभापति रुद्र बहादुर खड्काले वर्तमान सरकार श्रमिक समस्यामा आँखा चिम्लि श्रमिक पक्षीय छैन भन्ने प्रमाणित भएको बताए । नेताहरु वर्मा लामा, ईश्वर मानन्धर, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य बलदेव तामाङ लगायतले वर्तमान सरकार श्रमिकको पक्षमा छैन भन्ने कुरा कोरोना महामारीमा पुन: स्पष्ट भएको बताए । श्रमिकको जीवनस्तर माथि नउठाई संमृदिको नारा लगाउनु पूर्व पुग्ने यात्री पश्चिम लाग्नु जस्तै भएको उनीहरुको मत थियो।

कार्यक्रममा नेपाल यातायात मजदुर संघ दोलखाकाे प्रथम अधिबेशन समेत सम्पन्न भएकाे छ । अधिबेशनबाट कृष्ण खड्काकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियकाे छ । नयाँ समितिमा अध्यक्ष कृष्ण खड्का, उपाध्यक्ष रामकृष्ण थापा,सचिब सुरेश थामी,सहसचिव रबिन थापा, काेषाध्यक्ष रमेश श्रेष्ठ, सदस्यहरू सन्ताेष श्रेष्ठ, दिनेश भुजेल, कुमार थामी,गणेश बहादुर बस्नेत,मिनकुमार थामी,नबराज श्रेष्ठ, प्रदिप शिबाकाेटी, कुमार केसी, पासाङ तमाङ,दिपेश घिसिङ रहेकाे ट्रेड युनियन कांग्रेस दाेलखाका अध्यक्ष रामजिप्रसाद चाैलागाइले जानकारी दिए ।

कार्यक्रममा अगुवा कार्यकर्ताहरुलाई केन्द्रीय उपाध्यक्ष अजयकुमार राई र केन्द्रीय सदस्य बलदेव तामाङले प्रशिक्षण समेत दिएका थिए । हाम्राकुराबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x