११ मंसिर २०८३, बिहीबार

नेकपा नेताको घर-घर धाउदै चिनियाँ टोलि बामदेवको घरको ढोकाबाट किन फिर्ता

एसीपी संवाददाता

१४ पुष २०७७, मंगलवार ०७:३९ मा प्रकाशित

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्ने उनको निवास पुगेको चिनियाँ प्रतिनिधि मण्डल उनलाई नभेटी फर्किएको छ। भेट्ने समय नमिले पछि चिनियाँ टोली नभेटी फर्किएको हो।

चिनियाँ प्रतिनिधिहरुले लिएको समय र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको समय जुधेको थियो।

गौतमसँग भेट गर्ने प्रयास असफल भएपछि चिनियाँ टोली राजदुतावास फर्किएको छ।

यसअघि आज नै काँग्रेस सभापति शेरबहादुर देउवासँग चिनियाँ टोलीले भेटघाट गरेको थियो। भेटमा चिनियाँ पक्षले सभापति देउवालाई चीन भ्रमणको निम्तो दिएको बताइएको छ।

चिनियाँ टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार सो टोलीले विभाजित नेकपाको (प्रचण्ड–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको हो ।

यस्तै मंगलबार नै चिनियाँ टोलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले नेपालमा छ। नेकपा विभाजनमा गएपछि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर सो टोली आएको बुझिएको छ । नेपालदिप बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x