११ मंसिर २०८३, बिहीबार

नेकपा नेताहरुको घर -घर धाउदै चिनियाँ टोलि

एसीपी संवाददाता

१३ पुष २०७७, सोमबार १०:०१ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने बताइएको छ ।
एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ आइतबार चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थिति ‘ब्रिफिङ’ लिएर उपमन्त्री येचौको टोली शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x