२ श्रावण २०८३, शनिबार

नेकपा फुट्को कगारमा प्रचण्ड र नेपाल कानुनी परामर्शमा

एसीपी संवाददाता

२१ कार्तिक २०७७, शुक्रबार ०७:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेको स्रोतले बतायो।

‘प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको हो। यसमा धेरै विषयमा कुराकानी भएन, ‘छलफलका एक सहभागीले भने, ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले चाल्न सक्ने कदमले कस्ता खालका कानुनी संकट ल्याउँछ भनेर सामान्य कुराकानी भएको हो।’

छलफलमा अदालत, बार र न्यायपरिषदबारे ब्रिफिङ लिइएको अर्का एक सहभागी नेताले दावी गरे।

‘कानुन व्यवसायीसँग कुराकानी गर्दा अध्यादेश, पार्टीभित्रको अन्तरसंघर्ष, अरुअरुका बारेमा उच्चारणै गरिएको छैन,’ ती नेताले भने, ‘अदालत, बार र न्यायपरिषदको स्थितिबारेमा ब्रिफिङ लिइएको हो।’

ओलीलाई सत्ताबाट हटाए प्रचण्ड-नेपालका नजरमा उनले गर्न सक्ने दुई विकल्प छन्। 

पहिलो, रातारात अध्यादेश ल्याएर पार्टी फुटाउने। अहिलेको कानुनअनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तिमा ४० प्रतिशत संख्या चाहिन्छ। ओलीले त्यसलाई अध्यादेशमार्फत् बदलेर संसदीय दलमा मात्रै ४० वा ३० प्रतिशत संख्या भए पनि पार्टी फुटाउन मिल्ने कानुन ल्याउनेछन्। 

दोस्रो, संविधानमा प्रावधान नै नभए पनि संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछन्। अदालत मिलाएर त्यो गैरसंवैधानिक कदमविरूद्ध आउन सक्ने मुद्दाहरू निस्तेज पार्नेछन् र आफ्नै नेतृत्वमा चुनाव गराउनेछन्। 

प्रचण्ड र नेपालले बोलाएको छलफलमा को-को सहभागी थिए भनेर अझै खुलिसकेको छैन। सेतोपाटी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x