१४ मंसिर २०८०, बिहीबार

(नेकपा) बुद्धभूमि ४ का युवाहरु समाज सेवामा सक्रिय बन्दै

एसीपी संवाददाता

३० बैशाख २०७७, मंगलवार ११:३६ मा प्रकाशित

शिव खनाल – कपिलवस्तु, बैशाख ३०

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुद्धभूमि नगरपालिका वडा नं. ४ युवाहरु समाजसेवामा सक्रिय बनेका छन् । लकडाउनको यो विषम परिस्थितीमा कष्टकर जिवन विताईरहेका सुत्केरी तथा गर्भवत िमहिलाहरुको घाउमा मलम लगाउने अभियान सञ्चालन गरेका हुन् । सोहि क्रममा युवाहरुले सामाजिक दुरी कायम गरी ७५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरमै गई १र१ क्यारेट अण्डा सहित १र१ थान झुल वितरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बmो (नेकपा) बुद्धभुमिका युवाहरु गर्भवती र सुत्केरी महिलाका लागि अण्डा र झुल बोकेर घर घरमा पुगेका हुन् ।

लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरीको पोषण र तथा गर्मीयाम सुरु भएसंगै डेगुंको संक्रमणलाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिका वडा नं. ४ मा रहेका सम्पूर्ण गर्भवती तथा सुत्केरीको घरघरमै गई अण्डा र झुल वितरण गरेको अभियानका संयोजक लेखनाथ खनालले जानकारी दिएका छन् । गर्भवती तथा सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यो अभियान अगाडि बढाएको उनले बताए ।गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था राम्रो भए मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको अभियानक अर्को सदस्य वर्षा लम्सालले बताईन् ।

घरमै बसेर अण्डा र झुल पाएपछि सुत्केरीले खुसी व्यक्त गर्दै युवाहरुलाई धन्यवाद दिएका छन् । बुद्धभूमि नगरपालिका भित्रका सम्पूर्ण वडामा अण्डा वितरण अभियानलाई क्रमश अगाडि बढाईने नेकपा बुद्धभूमिका युवाहरुले बताएका छन् ।वितरण अभियानमा दीपक भुसाल, चिरन खनाल, सुनिल खनाल, बासु पौडेल, बिनु पन्थी, राजेन्द्र श्रेष्ठ, महेश बोहरा, किरण खनाल, मोहोन खड्का, केशव कुवार, अम्बिका खनाल, ईश्वरी प्रसाद भुसाल, विशाल गिरी, बसन्त पराजुली, मधुकर खड्का, देबेन्द्र खड्का, गोकर्ण अर्याल लगाएतको उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x