१ श्रावण २०८३, शुक्रबार

नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान

एसीपी संवाददाता

६ पुष २०८१, शनिबार ११:२६ मा प्रकाशित

शुक्रबारबाट ‘भारत-नेपाल आर्थिक सम्मेलन’ (इन्डो-नेपाल इकोनोमिक कन्फ्रेन्स)पछि कुरा गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभयो । उहाँले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताउनुभयो । उहाँले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताउनुभयो ।

नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x