१ श्रावण २०८३, शुक्रबार

नेपालको नयाँ नक्सामा सरकारले रोक लगाएके भन्दै नेविसंघको प्रदर्शन

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ११:२१ मा प्रकाशित

फाइल-तस्बिर

असोज १३ गते । सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नेपालले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरिसकेको र संविधानमा समेत नयाँ नक्सा समेटिसकेको अवस्थामा सरकारले भने नयाँ नक्सा सहितको पुस्तक बितरणमा रोक लगाएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको हो ।

विभिन्न पार्टी त्यागेर राप्तीसोनारी गा.पा.का ९३ जना कांग्रेसमा प्रवेश

उनीहरुले कागजमामात्र नभइ वास्तविक रुपमै आफ्नो भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । कालापानी, लिपुलेक लिम्पीयाधुरा हाम्रो हो, वास्तविक सिमाना वास्तवमै फिर्र्ता गर लगाएका प्लेकार्ड बोकी बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।

समितिका संयोजक महेन्द्र जंग शाहीले नेपालको नक्सा अनुसारको भूमि फिर्ता ल्याउन र नयाँ नक्सा समेटिएको पुस्तक बितरण सुरु गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन बिरोध गरिएको बताउनुभयो ।

समितिले मुलुकमा हिंसा हत्या बलात्कारका घटनाहरु नरोकिएको भन्दै सरकार जनताको पक्षमा कमजोर देखिएको आरोप लगाएका छन् ।

चिनियाँ दूतावास अगाडि प्रर्दशन,नेविसंघ का ६ जना पक्राउ

चिनियाँ दूतावास अगाडि प्रर्दशन,नेविसंघ का ६ जना पक्राउ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x