१ श्रावण २०८३, शुक्रबार

नेपालगंजको चिंता गर्ने स्वघोषित अभियंताहरु ह्वात्तै बढे

एसीपी संवाददाता

२६ पुष २०८१, शुक्रबार १३:४९ मा प्रकाशित

ललित रौनियार , नेपालगन्ज =  आजभोलि नेपालगंजको चिंता गर्ने स्वघोषित अभियंताहरु ह्वात्तै बढेका छन सबैले नेपालगंजको लागि गोहीको आंसु झार्दै एउटै रटान लगाएका छन कि बांके बर्दियालाई कर्णाली प्रदेशमा मिसाईयो भने मात्रै नेपालगॅजको भबिष्य छ होइन भने यहा केहि रहंदैन सबै अफिस अड्डा NGO हरु गई हाल्ने छन,बयवसाय चौपट हुनेछ।वहाहरु संग मेरो जिज्ञासा कि तपाईहरुले बांके बर्दियालाई कर्णालीमा मिसाउनु पर्छ भन्दै गर्दा के कहिले कर्णाली का जिम्मेबार नेताहरुले बांके बर्दियालाई कर्णाली मा मिसाउनु पर्छ भनेका छन ? छन भने कमेन्टमा स्क्रीनसट राखिदिनुहोला।
कुनैबेला नेपालगंज सुदूर र मध्यपश्चिमको १५ वटा जिल्लाको शिक्षा, स्वास्थय र ब्यापारिक केन्द्र थियो।त्यतिबेला ति ठांउहरुमा बाटा-घाटा, स्कुल कलेज,अस्पताल र ठुल्ठुला उघोग र ब्यवसायिक प्रतिष्ठानहरु थिएनन त्यसकारण मान्छे बाध्यता बश नेपालगंज नआई नहुने अवस्था थियो त्यसकारण नेपालगंजमा संघ संस्था ngo ingo अफिस अड्डा प्रहरी सेना सबैको कैन्द्र थियो। अहिले ति सबैठाउमा बाटो घाटो स्कुल कलेज र अस्पताल ठुल्ठुला उघोग ब्यवसाय सबै छन अब कसैलाई पनि समान्य उपचार,प्रारम्भिक वा बेसिक तहको शिक्षा र खाघन्न लगायतका आवशयक सामग्रीको लागि नेपालगंज आउने बाध्यता रहेन। त्यसकारण म ति स्वघोषित अभियन्ताहरुको त्यो तर्कबाट सहमत छैन कि बांके बर्दियालाई कर्णालीमा मिसाउने बित्तिक्कै यहाको कारोबार बढछ।
म बांके बर्दियालाई कर्णालीमा मिसाउनु नै हुदैन भनेर पनि भन्दैन तर  ?  बाके र बर्दियाबासीले त्यसबापत के पाउने ? भएभरिका संरचना सुर्खेतमा हुने अनि हामी उल्टो बगेर सुर्खेत जानुपर्ने ? प्राकृतिक रुपमा नदी नाला पनि उत्तर देखि दक्षिण बग्छ नकि दक्षिण बाट उत्तर, त्यसकारण प्राकृतिलाई उल्टाउने कुरा नगरौ साथी हो बरु नेपालगंजलाई यहि अवस्थामा कसरी बिकसित र सम्रृद बनाउन सकिन्छ सबै बाकेको रैथाने भएर एउटै मन्चमा बसेर चिन्तन गरौ। किनभने तपाईहरु जो जहा जन्मेपनि त्यो तपाईको बिगत थियो बर्तमान तपाईको नेपालगंज हो, तसर्थ शासकिय प्रबृति त्यागेर समान भावले सोचेर निष्कर्षमा पुग्दा बेश हुन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x