११ मंसिर २०८३, बिहीबार
नेपालगंजको सिमा नाकाबाट अवैध सामाग्री बरामद
लक्ष्मी थारु । सशस्त्र प्रहरीले नेपालगंजको सिमा नाकाबाट अवैध सामाग्री बरामद गरेको छ ।
बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले मंगलबार बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट बरामद गरेको हो । भारतबाट ल्याउदै गरिएको अवैध हार्डवेयरका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । बरामद गरिएका १ लाख ८४ हजार रुपैयाँको अवैध सामग्रीलाई मंगलवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले बताएको छ ।
Subscribe
Login
0 Comments


