३२ असार २०८३, बिहीबार

नेपालगंजमा इमाम हसनको जन्मोत्सव भव्य रूपमा सम्पन्न, रोजादारहरूलाई इफ्तार पार्टी

एसीपी संवाददाता

२ चैत्र २०८१, आईतवार २२:०८ मा प्रकाशित

नेपालगंज, १५ रमज़ान – इस्लाम धर्मका प्रवर्तक नबी ए रहमतका जेठा नाती, हजरत अली र सैय्यदा फातिमाका पहिलो सुपुत्र तथा इमाम हुसैनका दाइ इमाम हसनको जन्मोत्सव नेपालगंजमा भव्य रूपमा मनाइएको छ।

यस अवसरमा सदका ए पंजतनपाक युवा समितिको आयोजनामा रोजा बसेका ५०० भन्दा बढी ब्रतालुहरूका लागि इफ्तार पार्टीको व्यवस्था गरिएको थियो।

इफ्तार कार्यक्रमलाई सफल बनाउन समितिका सक्रिय सदस्यहरू अब्दुल सादाब, अब्दुल नियाज, सादाब कुरैशी लगायतका सहयोगीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

समितिका वरिष्ठ सल्लाहकार तथा समाजसेवी मेराज अहमद हिमालयले जानकारी दिँदै यस्तो धार्मिक तथा सामाजिक गतिविधिहरू समुदायमा एकता र सहकार्यको भावना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

नेपालगंजमा हरेक वर्ष १५ रमज़ानका दिन इमाम हसनको जन्मोत्सवको अवसरमा यस प्रकारको इफ्तार कार्यक्रमको आयोजना गरिँदै आएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x