नेपालगंजमा धर्म साझा, देश साझा र राजा साझा’ भन्ने मूल मोटरसाईकल र कार र्यालीको शुरु हुने ( LIVE ACP news nepal page )
श्याम शाहु – नेपालगंजमा अहिले केहि बेरमा धर्म साझा, देश साझा र राजा साझा’ भन्ने मूल नारासाथ हुने बृहत मोटरसाईकल र कार र्यालीको तयारी शुरु भएको छ ।
नेपालगन्जमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था मध्यपश्चिमाञ्चलबासी नेपाली जनताले उक्त मोटरसाईकल र कार र्यालीको तयारी पुरा भएको बताएका छन् ।
अहिले नेपालगन्जको धार्मिक स्थल बागेश्वरी मन्दिर प्राङ्गणमा नेता कार्यकर्ताहरुको आउने क्रम शुरु भएको छ । न्यूरोड, कारकाँदो हुँदै बसपार्क बाईवास, फुल्टेक्रा, चारबाहिनी, बुलबुलिया, सुर्खेतरोड, विरेन्द्र चौक हुँदै त्रिभुवन चौकमा पुगी कोण सभामा परिणत हुने बताइएको छ ।
मोटरसाईकल र कार ¥यालीलाई अभियान कै रुपमा सञ्चालन गरी विगतमा पोखरा, ईटहरी, विराटनगर, धनगडीमा सञ्चालन गरी सम्पन्न गरिसकेको जानकारी गराउँदै अब नेपालगन्ज हुँदै अन्य स्थानमा समेत जारी राख्ने अभियानका अगुवा मदनराज शर्माले बताउनुभयो ।


