नेपालगंजमा २६ औं श्री हनुमान जन्मोत्सवको आयोजना हुँदै
नेपालगंज – श्री सुन्दर काण्ड मित्र मण्डलद्वारा आयोजित २६ औं श्री हनुमान जन्मोत्सवको आयोजना हुन लागेको छ ।नेपालगंज वडा नम्बर २ खानेपानी टंकी स्थित रहेको हनुमत गौशालामा हनुमान जन्मोत्सव भब्य रूपमा हुने तयारी भएको छ ।
उक्त कार्यक्रम २०८१ चैत्र २८ गते बिहीबार अखण्ड रामायण पाठ अष्टयाम संकीर्तन एवं निशान पूजन बिहान १० बजे देखि शुभारम्भ हुने आयोजकले जनाएको छ । २०८१ चैत्र २९ गते दिन शुक्रवार बालाजी को रात्रि जागरण एवं झांकी रात्रि ८:३० बजे देखी शुरू हुनेछ । २०८१ चैत्र ३० गते शनिवार बिहान ६:३० बजे देखि बालाजी को शोभा यात्राको आयोजना गरिने आयोजकले बताएको छ ।
उक्त शोभायात्रा हनुमत गौशाला देखि हनुमानगढी, धम्बोजी चौक पुष्पलाल चोक, न्यूरोड, सदरलाईन, त्रिभुवन चौक. वी पी. चोक हुंदै नगर परिक्रमा गरी हनुमत गौशालामा सम्पन्न हुने र २०८१ चैत्र ३० गते शनिवार श्री सुन्दरकाण्ड पाठ भजन कीर्तन महाआरती एवं महाप्रसाद (विशाल भण्डारा) गरी कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।





