१ श्रावण २०८३, शुक्रबार

नेपालगंज-सल्यान (कोहलपुर खड्गवार-सल्यान घुईयावारी) सडक अहिले अलपत्र – पोसण केसी

एसीपी संवाददाता

२५ पुष २०८१, बिहीबार ०८:१३ मा प्रकाशित

२०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री महमानव बिपी कोईरालाले संसदमा सम्बोधन गरेर बजेट समेत बिनियोजन गरिएको नेपालगंज-सल्यान (कोहलपुर खड्गवार-सल्यान घुईयावारी) सडक अहिले अलपत् अवश्थामा छ। सो सडक निर्माणका लागि सरकार र राजनैतिक दलहरूलाई दवाव सृजना गर्ने उद्देश्यले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस बांके क्षेत्र नं १ ले हिजो पौष २३ गते देखि शुरू गरेको “बिपी मार्ग कोहलपुर खड्गवार-घुईयावारी सल्यान”पद यात्रा आज सल्यानको कालिमाटी गांउपालिका वडा नं ७ को घुईयाबारीमा पुगेर औपचारिक रूपमा सम्पन्न भएको छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणिय कृष्ण किशोर घिमिरेको नेतृत्वमा जिल्ला सभापति नारायण प्रसाद गौडेल,लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषाल,जिल्ला सचिव शुधान्सु कोईराला लगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य साथीहरू,नाटा बांकेका अध्यक्ष श्रीराम सिग्देल,बांके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का लगायत पार्टीको बिभिन्न तह र तप्कामा रहनुभएका ३५ जना साथीहरूले उत्साहजनक रूपमा ७ घण्टा लामो साहसिक पद यात्रा सफल रूपमा सम्पन्न गर्नुभएकोमा केन्द्रीय सदस्य,जिल्ला सभापति लगायत सम्पुर्ण पदयात्री साथीहरू प्रति क्षेत्रीय समितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछु।साथै सल्यानको घुईयाबारीमा हाम्रो अभियानलाई साथ र समर्थनका साथै हौसला प्रदान गर्नुहुने पार्टीका पुर्व केन्द्रीय सदस्य बौद्धिक नेता आदरणिय ब्यक्तिव डिल्ली रेग्मी,कर्णाली प्रदेशका उधोग पर्यटन तथा बन मन्त्री पार्टीका नेता माननीय सुरेश अधिकारी,कालीमाटी गांउपालिकाका कांग्रेसका नेता आदरणिय दाजु भरत पुन र हात्तिदमार-घुईयावारी मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष प्रिय भाई डम्बर पुन लगायत पद यात्रीहरूको स्वागत र सत्कारका लागि उत्साहित भएर सहयोग गर्नुहुने सम्पुर्ण रयांक र घुईयावारीवासीहरू प्रति हार्दिक आभार र धन्यवाद ! जुन उद्देश्य र लक्ष्यका साथ पद यात्राको शुरूवात गरेर राजनीतिक र सम्बृद्धि को सन्देश दिन खोजिएको छ ढिलो चांढो त्यो लक्ष्य र उद्देश्य पुरा हुने प्रतिबद्धता ब्यक्त गर्दछु।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x