१४ आश्विन २०८३, बुधबार

नेपालगञ्जको लक्ष्मीनारायण मन्दिरमा असोज १७ गते ‘अर्जुन शक्ति केन्द्र लाठी समिति’ को शुभआरम्भ हुने

एसीपी संवाददाता

१४ आश्विन २०८३, बुधबार २३:३२ मा प्रकाशित

नेपालगञ्ज (बाँके) – बाँकेको नेपालगञ्जमा सनातन संस्कृति र एकताको भावनासहित ‘अर्जुन शक्ति केन्द्र लाठी समिति’ को शुभआरम्भ तथा लाठी प्रशिक्षण कार्यक्रम शुरू हुने भएको छ। समितिका संयोजक अनूप गुप्ता र निखिल सिंह बाडियाले दिनुभएको जानकारी अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

‘बल • एकता • उत्कृष्ट’ भन्ने मुख्य नारालाई आत्मसात् गरिएको यस समितिको शुभआरम्भ कार्यक्रम आगामी २०८३ साल असोज १७ गते नेपालगञ्जको रानीतलाउ–८ स्थित ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको परिसरमा आयोजना हुनेछ।  

“जय श्री राम” को नारा र अर्जुनको वीरतालाई प्रतीकको रूपमा अगाडि सार्दै समाजमा युवाहरूबीच एकता कायम गर्ने र सशक्त बनाउने उद्देश्यले यस केन्द्रको स्थापना गरिएको हो। आयोजक समितिले उक्त शुभआरम्भ कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण धर्मप्रेमी तथा महानुभावहरूमा हार्दिक अनुरोध गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x