नेपालगञ्जमा देशका सम्मानित र प्रतिष्ठित अहले हदीस विद्वानहरुद्वारा भेट्घाट
नेपालगञ्जमा देशका सम्मानित र प्रतिष्ठित अहले हदीस विद्वानहरुको भ्रमण भएको छ । उनीहरुले अल-हिरा एजुकेशनल सोसाइटी नेपालको प्रसिद्ध संस्था “आइडियल पब्लिक सेकेन्डरी स्कूल” विभिन्न कक्षामा पुगेर प्रिय विद्यार्थीहरूसँग भेटघाट गरेकाछन् । यसका साथै उनीहरूको अकीदा र ईमान सम्बन्धी ज्ञानको मूल्यांकन समेत गरेका छन् । उहाँहरूले शैक्षिक प्रणाली र व्यवस्थापनको सराहना गर्दै आफ्नो खुशी व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश पश्चिमका प्रमुख मौलाना उबैदुर्रहमान फलाहीले लुम्बिनीमा जमात-ए-इस्लामी संघ नेपालका सेवाहरूको चर्चा गर्दै मुस्लिम समुदायको शैक्षिक र नैतिक विकासका लागि एकआपसमा मिलेर काम गर्नुपर्ने महत्त्व र आवश्यकता जोड दिएका छन् । यसका साथै उहाँले यस सम्बन्धमा जमातले गरिरहेका प्रयासहरूको बारेमा जानकारी पनि गराउनुभयो ।
मलाई अल-हिराको परिचय, पाठ्यक्रम, र कार्य पद्धति प्रस्तुत गर्ने अवसर मिल्यो। अल्हम्दुलिल्लाह, “आइडियल पब्लिक सेकेन्डरी स्कूल” को भ्रमणका क्रममा यी सम्मानित पाहुनाहरूसँग भेट हुनु मेरो लागि थप खुशी र गर्वको कुरा बन्यो। भनी अल-हिरा एजुकेशनल सोसाइटी नेपालका महासचिव मोहम्मद सलमान मुफ्ताहीले भनेका छन् ।
मुफ्ताहीले भने ‘अल्लाह तआलाले यस संस्थालाई अझ प्रगतिपथमा अग्रसर बनाउनुहोस् र यसबाट मुस्लिम समुदायका सक्षम व्यक्तित्वहरू प्रदान गर्नुहोस् ।’



