३१ भाद्र २०८३, बुधबार

नेपालगञ्जमा धार्मिक स्थल र ऐतिहासिक इनार अतिक्रमणको विरोधमा ‘हिन्दु सम्राट नेपाल’द्वारा विज्ञप्ति जारी, कडा कारबाहीको माग

एसीपी संवाददाता

३० भाद्र २०८३, मंगलवार २३:०६ मा प्रकाशित

नेपालगञ्ज, ३० साउन — नेपालगञ्जस्थित ऐतिहासिक तथा पौराणिक इनार र हिन्दु समुदायका धार्मिक आस्थाका केन्द्रहरूमाथि भइरहेको अतिक्रमण, तोडफोड तथा स्थानीय बासिन्दामाथिको धम्कीप्रति ‘हिन्दु सम्राट नेपाल’ बाँके जिल्ला कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। संस्थाका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक सद्भाव बिथोल्ने तथा स्थानीयमाथि आक्रमण गर्नेहरूमाथि तत्काल कडा कारबाहीको माग गरिएको छ।

नेपालगञ्जको एक पौराणिक इनारको पानीको प्राकृतिक स्रोत नष्ट गर्ने नियतले अण्डाका खोस्टा, मासुका हाडहरू र घर-आँगनको फोहर फालेर दूषित पारिएको छ। साथै, निर्माणधीन दक्षिणमुखी हनुमान राम जानकी मन्दिरको निर्माण कार्यमा समेत निरन्तर अवरोध सिर्जना गरिएको छ।

मन्दिरले सर्वसाधारणको सहजताका लागि छाडेको बाटो र मन्दिरको जग्गा कब्जा गर्ने नियतले जबर्जस्ती पर्खाल निर्माण गर्न खोजिएको आरोप लगाइएको छ।

उक्त गतिविधिका बारेमा विरोध गर्दा स्थानीय हिन्दु धर्मावलम्बीहरूमाथि आक्रमण गर्ने, बाटो कुरेर ज्यान मार्ने धम्की दिने तथा हातपात गर्ने जस्ता त्रासपूर्ण वातावरण सिर्जना गरिएको छ।

पवित्र इनार दूषित पार्ने, मन्दिर निर्माणमा अवरोध पुर्याउने र कुटपिट तथा धम्की दिने मुख्य दोषीहरू (रज्जब अली, रोशन हलवाई) लगायत पाँच-छ जना अज्ञात समूहमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गरियोस्।

मन्दिरको अतिक्रमित जग्गा र बाटोको पुनः नापजाँच गरी अवैध रूपमा खडा गरिएका संरचना/पर्खाल तुरुन्त हटाइयोस्।

ऐतिहासिक तथा पौराणिक इनारको सरसफाइ, संरक्षण र पुनर्स्थापनाका लागि आवश्यक सुरक्षा तथा सहयोग उपलब्ध गराइएकोस्।

पीडित स्थानीय बासिन्दाहरूको जिउधनको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दै मन्दिर निर्माण कार्यलाई निर्वाध रूपमा अगाडि बढाउने वातावरण सिर्जना गरियोस्।

‘हिन्दु सम्राट नेपाल’ ले यस गम्भीर विषयमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बाँकेले शीघ्र कदम नचालिएमा आफ्नो धार्मिक आस्था र सम्पत्तिको रक्षाका लागि चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x