नेपालगंज उप-महानगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा युवाहरूका लागि ७ दिने (AI) भिडियो एडिटिङ तालिम सम्पन्न।
नेपालगंज – नेपालगंज उपमहानगरपालिका वडा नं ८ मा युवाहरूका लागि ७ दिने (AI) भिडियो एडिटिङ तालिम सम्पन्न भएको आयोजकले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेको आयोजनामा युवाहरूका लागि ७ दिने एआइ ( AI ) भिडियो एडिटिङ सम्बन्धी तालिम सम्पन्न भएको हो । जेष्ठ ३१ गते देखी संचालन भएको तालीम आषाढ़ ६ गते संपन्न भएको हो ।

युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल सीप विकास, स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना हुने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा युवाहरूको उत्साहजनक सहभागिता रहेको वडा सदस्य निखिल वैश्यले जानकारी दिनु भयो ।
तालिममार्फत सहभागीहरूले (AI) प्रविधिको प्रयोग गरी व्यावसायिक भिडियो सम्पादन सम्बन्धी ज्ञान तथा सीप हासिल गरेको छन ।

“हातमा सीप, भविष्यमा अवसर” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले युवाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
वडा नं. ८ को दिने (AI) तालीम मा प्रथम हुने सौरभ शाहु द्वितीय हुने जारा खा र तृतीय हुने वैष्णवी वैश्य लाई वडा अध्यक्ष रजनीश बाजपेयी (विवेक) ले मेडल र प्रमाण पत्र वितरण गर्नु भयो ।




