२९ माघ २०८२, बुधबार

नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

एसीपी संवाददाता

१० जेष्ठ २०८२, शुक्रबार २३:०६ मा प्रकाशित

नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो क्वार्टरफाईनलमा राकेश साउद र चन्द्र कलेलको जोडीले रबि सिग्देल र पवन पुनको जोडीलाई, अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले अभयलाल श्रेष्ठ र शिवराम चौधरीको जोडीलाई, ओम चालिसे र कृष्ण रानाको जोडीले बम बहादुर पुन र सन्तोष शाही र दिपक शाही र दिपक बनको जोडीले जनक सिंह थापा र शाहिल शेखको जोडीलाई पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरे । त्यस्तै ब्वाईज सिङल U-15 तर्फ आर्यन रानाले झलक भण्डारीलाई, अभय राजबंशीले युवराज सिंह ठकुरीलाई, संस्कार केसीले दिवश मल्ललाई र सुयोग्य श्रेष्ठले दिवाकर शर्मालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।सेमिफाइनल खेल भोलि बिहान ८ बजेदेखि शुरु हुने प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए।प्रतियोगितामा ब्वाईज अण्डर-15 ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको छ । अण्डर-15 तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद १० हजार, ५ हजार र २५/२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिनुभयो । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x