नेपालगन्जमा हुने जुमा अन्तर ब्यवसायी फुटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा
आयोजक जुमा स्पोर्टस क्लबले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैं प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा बार एशोसियसन बाँके, अटो मोबाईल्स एशोसियसन, प्याब्सन बाँके, बजार प्रतिनिधी संघ, आईएसपी, खुद्रा ब्यासायी संघ, नेपाल टेलिकम नेपालगन्ज, किराना तथा खाद्य ब्यवसायी संघ, जिल्ला सहकारी संघ बाँके, रेडिमेड तथा ब्याग ब्यवसायी समिति, बैंकर्स संघ बाँके,नेपाल स्वास्थ्यकर्मी संघको सहभागिता रहेको छ । चैत्र २ गते सम्म संचालन हुने प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितालाई भब्य रुपले सफल बनाउने प्रदेश सभा सदस्य एव ओलम्पियन सुरेन्द्र हमालको संयोजकत्वमा १ सय ५१ सदस्यीय कमिटी बनाईएको छ । प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी १ सय ५२ जना खेलाडीहरुको खेल अवधी भरको लागि ५ लाख बराबरको दुर्घटना बीमा समेत गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।


