३ भाद्र २०८३, बुधबार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: होटल व्यवसायी संघद्वारा सुरज बहादुर भण्डारीलाई जिताउन अपिल (क्रम संख्या १३)

एसीपी संवाददाता

३ भाद्र २०८३, बुधबार १६:२५ मा प्रकाशित

नेपालगन्ज, भदौ ३ गते — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। यही भदौ ६ गते हुने निर्वाचनका लागि होटल व्यवसायी संघ, बाँके नेपालगन्ज परिवारले कार्यसमिति सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारीको पक्षमा मतदान गर्न हार्दिक अपिल गरेको छ।

होटल व्यवसायी संघमा लामो समयदेखि सक्रिय रहँदै आएका भण्डारीले उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उनको क्रम संख्या १३ रहेको छ।
होटल व्यवसायी संघ बाँके नेपालगन्ज परिवारले एक प्रेस विज्ञप्ति/अपिल जारी गर्दै भण्डारीको उम्मेदवारीप्रति पूर्ण ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। संघमा रहेर व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा संस्थागत गतिविधिमा उहाँले पुर्‍याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै संघले चुनावी मैदानमा उहाँलाई दर्बिलो साथ दिएको हो।

होटल तथा पर्यटन व्यवसायीहरूको प्रतिनिधित्वलाई उद्योग वाणिज्य संघमा थप सशक्त बनाउन, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी आवाज उठाउन तथा व्यवसायिक एकता र समृद्ध नेपालगन्ज निर्माणमा भण्डारीको भूमिका महत्वपूर्ण रहने संघको विश्वास छ।

“एकता, सहयोग, समृद्धि र व्यवसायिक हित हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा होमिएका उम्मेदवार भण्डारीले व्यवसायी एकता, व्यवसाय प्रवर्द्धन, समस्या समाधान र पारदर्शितालाई मुख्य एजेन्डा बनाएका छन्।

यही भदौ ६ गते हुने मतदानमा क्रम संख्या १३ मा आफ्नो अमूल्य मत प्रदान गरी सुरज बहादुर भण्डारीलाई अत्यधिक मतका साथ विजयी गराइदिनुहुन होटल व्यवसायी संघ बाँके नेपालगन्ज परिवारले सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक अपिल गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x