४ भाद्र २०८३, बिहीबार

नेपालगन्ज उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सूर्य कुमार श्रेष्ठको स्वतन्त्र उम्मेदवारी, व्यवसायीको हकहितका लागि प्रतिवद्धता

एसीपी संवाददाता

४ भाद्र २०८३, बिहीबार १६:०३ मा प्रकाशित

नेपालगन्ज, भदौ ४ गते । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नयाँ कार्यसमितिको निर्वाचनका लागि कोषाध्यक्ष पदमा स्थापित व्यवसायी सूर्य कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। “सशक्त उद्यमी, समृद्ध नेपालगन्ज, समृद्ध व्यापार” भन्ने मूल नाराका साथ उहाँ चुनावी प्रचारप्रसारमा होमिनुभएको हो।

आगामी भदौ ६ गते शनिबार हुने तय भएको निर्वाचनका लागि उम्मेदवारी दिँदै श्रेष्ठले व्यवसायीहरूको हक, हित र समृद्धिको लागि आफ्नो तर्फबाट एउटा इमानदार प्रयास रहने बताउनुभएको छ। आफूलाई उद्योगी र व्यवसायीहरूको साझा र स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उहाँले ‘व्यवसायीको आवाज, मेरो प्रतिबद्धता’ भन्ने मूल मन्त्रलाई अघि सार्नुभएको छ।
स्वतन्त्र उम्मेदवार सूर्य कुमार श्रेष्ठले आफ्नो चुनावी चुनावी एजेन्डा र प्रतिबद्धताहरूलाई मुख्य चारवटा बुँदामा वर्गीकरण गर्नुभएको छ।

१. व्यापारी एकता: सम्पूर्ण उद्योगी तथा व्यापारीहरूबीच बलियो एकता कायम गर्ने।
२. व्यवसाय प्रवर्द्धन: मन्दीको चपेटामा परेको नेपालगन्जको व्यवसाय प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिने।
३. पारदर्शिता र सुशासन: संघको आर्थिक तथा प्रशासनिक गतिविधिमा पारदर्शिता र सुशासन कायम गर्ने।
४. सदस्यको हित: संघमा आबद्ध सम्पूर्ण सदस्यहरूको समग्र हित र सुरक्षालाई आफ्नो लक्ष्य बनाउने।
नेपालगन्जका उद्योगी व्यवसायी माझ लोकप्रिय रहनुभएका श्रेष्ठले सम्पूर्ण मतदाताहरूलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन अपिल गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x