२ श्रावण २०८३, शनिबार

नेपालगन्ज – दिल्ली उडान

एसीपी संवाददाता

२ कार्तिक २०७७, आईतवार ०४:३२ मा प्रकाशित

कोभिड १९ ले देशमा शुरु भएको लकडाउनका कारण अहिले नेपाल भारत सिमानाका बिस्तारै सहज बन्न शुरु भईरहेको बेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिच गत हप्ता भएको शिष्टाचार भेटमा नेपालगंज देखि हवाई सेवा संचालनमा जोड दिएका हुन् । उक्त छलफलमा नेपालगन्ज दिल्ली उडान अनुमतिका विषयमा छलफल भएको छ । सम्बन्ध बिस्तार र नेपाली नागरिकहरुको आवत जावत गर्न साथै भारतीय पर्यटकलाई सहज हुने गरी नेपालगंज देखि भारतको राजधानी दिल्लीको उडानले सहजता हुने छ ।

माओवादीहरू प्रधानमन्त्री ओलीको चरणमा लम्पसार छन्-भट्टराई

आफ्नो भू-भागलाई नेपालकै हो भन्न सरकार हिच्किचाएको छ-सिंह

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । अर्र्थपेजले यो समाचार असोज २३ गते प्रकाशित गरी सकेको छ । हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको थियो ।


कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरु बीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो । बिशेष नेपालगंजका ब्यापारीहरुको चासो बिषय रहेको एक जना स्थानिय ब्यापारीले जानकारी दिएका छन् । नेपालगंको बिकासका लागि पनि यो उडान अति आवश्यक रहेको जोड दिएका हुन । बाँके बर्दियामा राष्«िटय निकुन्जले पर्यटन ल्याउन समेत मदत पुग्ने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x