३२ असार २०८३, बिहीबार

नेपालमा फिलिस्तिन समर्थन प्रदर्शन, इजरायली सैनिकको गिरफ्तारीको माग

एसीपी संवाददाता

१२ चैत्र २०८१, बुधबार २३:४३ मा प्रकाशित

काठमाडौं, चैत १३ – Palestine Solidarity Nepal ले बुधबार अपराह्न बालुवाटारस्थित भाटभटेनी नजिक शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरूले हाल नेपालमा अवकाश मनाइरहेका इजरायली सैनिक लेफ्टिनेन्ट अमित नेचम्या को गिरफ्तारीको माग गरेका छन्।

प्रदर्शनकारीहरूका अनुसार नेचम्या गाजा युद्धमा संलग्न रहेको र युद्ध अपराधमा संलग्न भएको आरोप छ। उनी हाल नेपालमा पर्यटन उद्देश्यले रहेको भनिए पनि प्रदर्शनकारीहरूले उनलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

नेपालमा हालैका दिनमा फिलिस्तिनप्रति ऐक्यबद्धता जनाउने प्रदर्शनहरू हुँदै आएका छन्। प्रदर्शनकारीहरूले “फिलिस्तिनको स्वतन्त्रता हाम्रो लडाइँ” र “युद्ध अपराधीलाई गिरफ्तार गर” जस्ता नाराहरू लगाएका थिए।

नेपाल सरकार वा सुरक्षा निकायले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x