३ भाद्र २०७९, शुक्रबार

नेपाली खेलाडीको भारतीय अनुबन्धले लाखौं कमाउने

एसीपी संवाददाता

२ श्रावण २०७९, सोमबार ०८:१२ मा प्रकाशित

काठमाडौँ — नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी फेरि भारतको महिला लिग च्याम्पियन गोकुलम केरलामा एक सिजनका लागि सम्झौता गर्दै आबद्ध भएकी छन् । इन्डियन वुमेन्स लिग च्याम्पियन गोकुलम केरलाले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै सावित्रालाई आइतबार पूरा सिजनका लागि अनुबन्ध गरेको जनाएको हो ।

गोकुलमले गत सिजन केरला वुमेन्स लिग पनि जितेको थियो र एएफसी वुमेन्स क्लब च्याम्पियनसिपमा तेस्रो भएको थियो । गोकुलमले नयाँ सिजनमा यी तीनै प्रतियोगिता खेल्नेछ । तीनै प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको सावित्राले बताएकी छन् । एएफसी क्लब च्याम्पियनसिप अगस्ट १७ देखि २२ अक्टोबरसम्म हुँदै छ, जसका कारण काठमाडौंमा हुने साफ वुमेन्स च्याम्पियनसिप (अगस्ट १६ देखि सेप्टेम्बर १०) एक साता सर्न सक्ने बताइएको छ ।

सावित्राले यसअघि पनि दुई सिजन इन्डियन वुमेन्स लिग खेलेकी थिइन् । सेथुसँग सन् २०१८–१९ र गोकुलमसँग २०१९–२० मा उपाधि नै जितेकी थिइन् । गोकुलमलाई च्याम्पियन बनाउने क्रममा उनी १६ गोलसहित लिगकै सर्वाधिक गोलकर्ता भएकी थिइन् । घुँडाको चोटको शल्यक्रियापछि झन्डै एक वर्ष मैदानबाहिरै रहेकी उनी चार महिनाअघि चितवनमा भएको महिला लिगदेखि फर्किएकी हुन् । नेपाल एपीएफ क्लबबाट खेल्दै आएकी उनी नेपाली राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता पनि हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x