१ श्रावण २०८३, शुक्रबार

नेपाली जग्गामा चीनको भवन निर्माण,निरीक्षण गर्दै नेपाली टोली

एसीपी संवाददाता

५ आश्विन २०७७, सोमबार ११:०४ मा प्रकाशित

नौ वटा ब्लग निर्माण गरेर फिनिसिङको काम भै रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपान बताउँछन् नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो चिनियाँ सुरक्षाकर्मीका गाडी भने ओहोरदोहोर गरिरहन्छन्

चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरिएको क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिका-६, लिमीतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोलीले स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमाल बताउँछन् ।

नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका हमालले दुई देशको सिमानाभन्दा झण्डै दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।

नेपाली भूभागमा बनेका ती भवन कुन प्रयोजनाका लागि बनेको हो भन्ने नखुलेको उनको भनाइ छ । ‘चिनियाँ पक्षको जिम्मेवार व्यक्तिसँग हामीले बुझन खोज्यौ तर हामीलाई त्यहाँ जान दिइएन,टाढैबाट फोटो खिचेर फर्कियौं’, हमालले अनलाइनखबरसँग भने ।

भवन निर्माण भएको ठाउँभन्दा झण्डै दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ । तर त्योसँगै रहेको ११ नम्बर सीमास्तम्भ भने हराएको सहायक प्रजिअ हमालले बताए ।

पुरानै घाउ

यसअघि २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि विरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।

‘यो समस्या आजको नभइ धेरै पुरानौ रैछ । हामी अनुगमनमा जादाँ स्थानीयले त्यहाँ जान दिएनन् । स्थानीयले त्यहाँको प्रहरीले जान दिदैन भनेपछि हामी वारिबाटै फर्कियौ’ न्यौपाने भन्छन् ।

नयाँ नौ वटा ब्लग निर्माण गरेर फिनिसिङको काम भै रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपान बताउँछन् । उनका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो छ । त्यहाँ चिनियाँ सुरक्षाकर्मीका गाडी भने ओहोरदोहोर गरिरहन्छन् ।

सहायक प्रजिअ हमालको नेतृत्वमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोली भदौ १४ गते स्थलगत अनुगमन गरी १९ गते फर्केका थिए ।  अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x