१४ मंसिर २०८०, बिहीबार

नेपाली जनताको लागि ईन्टरनेट आधा दाम,भोइसकाल फ्री दिने दावा गर्ने बिनोद चौधरीको कम्पनि खारेज

एसीपी संवाददाता

२२ माघ २०७६, बुधबार १५:१६ मा प्रकाशित

माघ २२ गते एजेन्सी ।
विनोद चौधरीले एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै सिजी टेलिकमले लाइसेन्स पाए भ्वाइस निशुल्क हुने र इन्टरनेटको मूल्य आधा कम गर्ने बताएका थिए ।दूरसञ्चार प्राधिकरणले तत्कालिन एसटीएम टेलिकम सञ्चार प्रालि र अहिले सिजी कम्युनिकेशन प्रालिलाई २०६६ साल माघ १९ गते ७ जिल्लाका लागि दिइएको लिमिटेड मोबिलिटी सर्भिस सेवाको अनुमति पत्र नविकरणका लागि नियमअनुसार दस्तुरसहितको निवेदन पेश नगरेकाले माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको उल्लेख गरेको छ । प्राधिकरणले लिमिटेड मोबिलिटी सर्भिसको अनुमति पाएका ७ जिल्ला बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका पाएको वायरलेस टेलिकम्युनिकेसनको अनुमति खारेज गरेको हो ।नेपालको इन्टरनेटको मूल्य दक्षिण एसियामा सबैभन्दा बढी छ । भारतमा जियो आउनुभन्दा अघि नेपालको अहिलेको जस्तै अवस्था थियो ।
जियोका मालिक मुकेश अम्बानीले त सार्वजनिक रुपमै मोबाइललाई अहिलेको समयको विश्वको नयाँ तेल भनेको मोबाइल र इन्टरनेट हो । यसको व्यापक प्रयोग बिना मुलुकको विकास सम्भव छैन । यो सबैका लागि आवश्यक चिज हो, किसान र गृहणीदेखि सबैका लागि आवश्यक भइसकेको छ भनेका थिए ।त्यसैबाट प्रभावित भइ हामीले शुरु गरेका हौं ।
जब हामी आउने भन्यौ, तब कृतिम अवरोध सिर्जना गरिएको छ । सिजी टेलिकम आयो भने प्रत्येक नेपालीले भ्वाइस निशुल्क पाउँछन् । इन्टरनेटको शुल्क अहिलेको तुलनामा आधा हुन्छ । र, प्रत्येक नेपालीको हात हातमा स्मार्टफोन हुन्छ । र, अहिले संसदबाट पारित भएर त्यसवापत बुझाउनु पर्ने रकम बुझाइसकेपछि पनि ३ वर्षदेखि काम गर्न नपाएको अवस्थाबाट हामी गुज्रिरहेका छौं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x