१२ मंसिर २०८३, शुक्रबार

नेपाली राजदुतावास रियादले साउदी अरेबियाको पूर्वी क्षेत्रमा नयाँ राहदानी लिन आउने सम्बन्धी सूचना प्रकाशित

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार १८:४७ मा प्रकाशित

अरशद शेष राई साउदी अरेबिया

साउदी अरेबियास्थित नेपाली राजदुतावास रियादले साउदी अरेबियाको पूर्वी क्षेत्रमा नयाँ राहदानी लिन आउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । यसका लागि राजदूताबासले मंगलबार एक सूचना प्रकाशित गरि सबैलाई जानकारी गराएको हो ।

साउदी अरेबियाको शहर दमाम क्षेत्रबाट वितरण गर्नुपर्ने राहदानीको संख्या बढ्दै गएको सन्दर्भमा यसअघि हप्ताको हरेक शुक्रबार वितरण गरिदैं आएको देहाय अनुसार वितरण गर्ने व्यवस्था मिलाएको राजदुतावासले जनाएको छ । १७ डिसेम्बर २०२० सम्म पूर्वी क्षेत्र दमाम, जुबेल, कतिफ र खोबरबाट फारम भरिएका संलग्न लिस्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी लिनका लागि आफ्नो पुरानो राहदानी तथा राजेश्व बुझाएको सक्कल रसिद सहित निम्न मिति समय र स्थानमा आउन राजदुतावासले भनिएको छ ।

दूतावासले जनाए अनुसार दमामको लागि २०२१ फेब्रुअरी ३,४,७,८,९,१० र ११ तारीख समय दिउँसो ४ बजेबाट साँझ ६ बजे सम्म स्थान दमाम सिको गार्डेन नजिक यसैगरि २०२१ फेब्रुअरी ५ शुक्रबार दिउँसो १ बजे देखि ५ बजे सम्म स्थान मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट ) ग्रीन सपिंग सेन्टर रहेको छ । जुबेलको लागि २०२१ फेब्रुअरी १२ शुक्रबारको दिन बिहान ९ बजे देखि १२ बजे सम्म स्थान एभरेस्ट नेपाली रेस्टुरेन्ट, जुबेलमा राहदानी वितरण गरिने बिज्ञप्तीमा उल्लेख छ । नेपाली राजदूतावास रियादले प्रकाशित गरेको बिज्ञप्तीमा मिति समय र स्थानमा मात्रै राहदानी वितरण गरिने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x