नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको `तीज मिलन तथा लेखनबृत्ति पुरस्कार´ वितरण
नेपालगन्ज – नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको `तीज मिलन तथा लेखनबृत्ति पुरस्कार´ वितरण कार्यक्रमलाई भव्यरुपमा सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि काँग्रेस बाँकेका सचिव तथा लुम्बिनी प्रदेश सभा सदस्य मा. सन्जु कुमारी चौधरी, विशिस्ट अतिथि प्रेस युनियनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष प्रेम केसी लगायत सम्पूर्ण अतिथि तथा पत्रकार महिला को उपस्थित रहेको थियोे ।
पत्रकार महिलाहरुका निमित्त उहाँहरुलाई लेखन सीपमा थप टेवा पुर्याउन र प्रोत्साहन गर्न लेखनबृत्ति पुरस्कार दिने सिर्जनशील कार्य गर्दै आएको छौं । पत्रकार महिलाका तिनै लेख र फिचरहरु समेटेर पत्रिका समेत प्रकाशित गर्दै आएका छौं ।
यो संस्करणमा प्रथम हुने लक्ष्मी बिसी, द्वितीय हुने आशा परियार र तृतीय हुने शिवानी विकलाई बधाईसंगै लेखनी सीप थप निखारियोस शुभकामना नेपाल प्रेस युनियन का अध्यक्षले शुभकामना दिनु भयो । लेखनबृत्तिमा सहभागी भै नगदसहित प्रमाणपत्र प्राप्त गर्नु हुने अक्षरी पोख्रेल, आरती कट्टेल, निर्मला चौधरी र शान्ती सुनारलाई शुभकामना दिनु भयो ।
निर्णायकको भूमिका निर्वाह गरिदिनु भएकोमा अग्रज पत्रकार नीरज कुमार गौतम नेतृत्वको किरण आचार्य र कमल खत्रीको टिमप्रती पनि आभार व्यक्त गर्नु भयो ।



