१ श्रावण २०८३, शुक्रबार

पत्रकारमाथि कुटपिट आरोपमा थप एक जना पक्राउ

एसीपी संवाददाता

२ आश्विन २०७७, शुक्रबार ०३:३७ मा प्रकाशित

दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा  प्रहरीले थप एकज नालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का मिलन चन्दलाई पक्राउ गरिएको हो।

सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ

उनलाई धनगढीकै यातायात कार्यालय नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए। यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

प्रहरी नायव उपरिक्षक विष्टले आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको बताए। शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो। दिनेशखबर

कैलालीका पत्रकारले प्रशासनमा धर्ना दिए दोषी पक्राउ क्रम जारी

कैलालीका पत्रकारले प्रशासनमा धर्ना दिए दोषी पक्राउ क्रम जारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x