१ श्रावण २०८३, शुक्रबार

पत्रकारहरु द्धारा पत्रकारमाथी नै साँघातिक आक्रमण एक जना पक्राउ

एसीपी संवाददाता

१२ आश्विन २०७७, सोमबार ०४:०८ मा प्रकाशित

नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य देवकोटामाथि सांघातिक आक्रमण

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपाल पत्रकार महासंघका जिल्ला सचिव जगदिश खनाललाई पक्राउ गरेको छ।

नुवाकोटकै पत्रकार शिव देवकोटामाथि सांघातिक आक्रमण गरेको आरोपमा आइतबार पक्राउ परेका खनाललाई हिरासतमा राखिएको छ। 

‘सचिव खनाललाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘ज्यान मार्ने उद्योगअन्तर्गत तीन जना पत्रकारविरूद्ध जाहेरी परेकोमा एक जना पक्राउ गरियो, अरूलाई खोज्दै छौं।’

पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य देवकोटामाथि सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा खनाललाई प्रहरीले पक्राउ गरेको हो।

देवकोटालाई सचिव खनाल, पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ।

गत असोज ५ गते नुवाकोटको विदुरस्थित सुखद पाउन घरमा देवकोटामाथि आक्रमण भएको थियो। पत्रकार महासंघमा गैरपत्रकारलाई सदस्यता दिन नहुने अडान देवकोटाले राख्दै आएका थिए।

देवकोटामाथि आक्रमण गर्न उक्साहट गरेको आरोप तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेमाथि पनि छ।

नेपाल प्रेस युनियन नुवाकोट अध्यक्ष नमराज सुवेदीले देवकोटामाथि आक्रमण गर्नेलाई कारवाहीको दायरामा नल्याए कडा आन्दोलन गर्ने चेतावनी असोज ६ गते विज्ञप्ति निकालेर उल्लेख गरेका थिए।

कुटपिटबाट देवकोटाको ढाडलगायत शरीरमा चोट लागेको थियो। उनी ग्राण्डी अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन्।

कुटपिटबाट देवकोटाको ढाडलगायत शरीरमा चोट लागेको थियो। उनी ग्राण्डी अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन्।

कुटपिटबाट देवकोटाको ढाडलगायत शरीरमा चोट लागेको थियो। उनी ग्राण्डी अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन्। श्रोत सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x