३२ असार २०८३, बिहीबार

पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता – अधिकारी

एसीपी संवाददाता

१२ जेष्ठ २०८२, आईतवार २१:३५ मा प्रकाशित

अनलाईन टिभी पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीती नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाईन टेलीभिज पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न काम गर्ने, अनलाईन पत्रकारिता विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरीरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधै प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो ,“जवाफदेहीता र पारदर्शिताका लागि अनलाईन टेलीभिजनले प्रस्तुत गरीरहेको भाषा र शैलीका बिषयमा थप संयमित हुदै आवाज विहीनको आवाजका रुपमा काम गर्नुपर्छ । यस बिषमया लुम्बिनी प्रदेशभरी अभियान लिएर जानेछौ । ”

आज बसेको बैठकले एआईको प्रयोगलाई ब्यबस्थित बनाउदै प्राविधिक बिषयमा ज्ञान प्रदान गर्ने ,स्थानिय तह ,प्रदेश सरकार र संघीय सरकार संग समन्वय गरी मिडियामा प्रविधिको प्रयोगको सही प्रयोगमा सहजीकरण गर्ने र अनलाइन टेलीभिजनहरुले गरेको क्रियाकलापको अनुगमन गरी सही परामर्श दिने र विकासको काममा सहयोगी बनाउन अनलाइन टेलभिजनहरुलाई एकिकृत गर्ने बिषयमा निर्णय भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x