३२ असार २०८३, बिहीबार

परवानीपुर हनुमान चौकमा भगवान श्री हनुमान जीको प्रतिमा निर्माण सम्बन्धी ज्ञापन पत्र

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार १९:२७ मा प्रकाशित

बीरगंज, पर्सा – राष्ट्रिय एकता अभियान पर्साका जिल्ला संयोजक बिकाऊ प्रसाद भण्डारी (थारू) को नेतृत्वमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई परवानीपुर हनुमान चौकमा भगवान श्री हनुमान जीको प्रतिमा निर्माण सम्बन्धी ज्ञापन पत्र बुझाइएको छ।

उक्त ज्ञापनपत्रमा, बीरगंज महानगरपालिका वड़ा नम्बर २१ अन्तर्गत त्रिभुवन राजपथको परवानीपुर हनुमान चौकमा भगवान श्री हनुमान जीको प्रतिमा स्थापना गरिनुपर्ने माग राखिएको छ। अभियानले नगरपालिकाले हालसम्म अगाडि बढाएका धार्मिक स्थलहरूको विकास र पुनर्निर्माण कार्यको प्रशंसा गर्दै, हनुमान चौकको ऐतिहासिक तथा धार्मिक महत्वलाई मध्यनजर गरी हनुमानजीकै भव्य प्रतिमा स्थापना गर्न आग्रह गरेको छ।

प्रतिमा निर्माणको महत्त्व

ज्ञापन पत्रमा उल्लेख भएअनुसार, हनुमान जीको प्रतिमा निर्माणले:
स्थानीय हिन्दू जनताको आस्था थप बलियो बनाउनेछ।, बीरगंज महानगरपालिकाको प्रवेशद्वारलाई भव्य धार्मिक पहिचान दिनेछ।, सांस्कृतिक संरक्षण तथा धार्मिक सहिष्णुतामा योगदान पुर्याउनेछ।, राजमार्ग दुर्घटनाहरू न्यूनीकरण गर्ने धार्मिक मान्यता अनुरूप सकारात्मक प्रभाव पार्नेछ।

नगर प्रमुखलाई अपील

राष्ट्रिय एकता अभियानले बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लाई यो परियोजनामा आवश्यक पहल गरी हनुमान जि को प्रतिमा स्थापनाका लागि औपचारिक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा अभियानका विभिन्न पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। अभियानले धार्मिक सहिष्णुता, सांस्कृतिक पहिचान र सामाजिक एकता मजबुत बनाउनका लागि यस कार्यलाई महत्वपूर्ण ठानेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x