२६ आश्विन २०८३, सोमबार

पराजित हुने डरले प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट भाग्दै -ओलि

एसीपी संवाददाता

१६ माघ २०७७, शुक्रबार १३:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट तर्सिएको बताउनुभएको छ ।

नेकपा काठमाडौं महानगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसँग डराएको बताउनुभएको हो ।

उहाले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत खराव हुने तर्क गर्नुभयो । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले संकटकाललाई देखाउदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

आफुलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रमण फैलाईएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफुले बताएको तर्क गर्नुभयो । ओलीले प्रचण्ड–नेपाल पक्षले आफुलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गीएपछि पार्टी नै शुद्ध भएको उहाले बताउनुभयो ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताउनुभयो ।  प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सवैलाई उहाले आह्वान पनि गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x