पाकिस्तानमा जबर्जस्ति धर्म परिवर्तनको अभियान जारी नै छ
इस्लामावाद । पाकिस्तानमा बलपूर्वक धर्म परिवर्तन गराइएकी हिन्दु बालिकालाई पाकिस्तान प्रहरीसमक्ष बुझाइएको छ । १३ वर्षीया हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्ममा परिणत गराइएको थियो ।
उनलाई पाकिस्तानको घोटकी जिल्लाको दहार्की सहरमा रहेको मन्दिरको व्यवस्थापनले उद्धार गरेर कन्धकोट-काश्मोर जिल्लाको पुलिसको जिम्मा लगाएको थियो ।
मिडिया रिपोर्टका अनुसार कवीता ओध नाम गरेकी बालिकालाई मंगलबार प्रहरीको जिम्मा लगाइएको थियो । उनका अभिभावक र आफन्तहरुका उनको उमेर १३ वर्ष रहेको छ ।
उनका कानुनी सल्लाहकार एडवोकेट सईद अहमद बिजाराणीले सिभिल अदालत बाहिर पत्रकारहरुलाई भनेकी छन्, “बालिकाले अदालतमा आफ्नो बयान रेकर्ड गराएकी छन् र “इस्लाम धर्म अँगाल्न बाध्य पारिएको र उनको नयाँ नाम उम्मे हिना राखिएको छ ।”
गत हप्ता, कन्धकोट काश्मोर जिल्लाको तंगवानी सहरको जरवार इलाकामा सशस्त्र समूहको एउटा समूहले हिन्दू परिवारको घरमा प्रवेश गरेर बालिकालाई अपहरण गरेका थिए ।
घटनाको बारेमा खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले खोजी कार्य जारी राखिरहेको समयमा उनलाई एक घरमा लुकाएर राखिएको सूचनापछि मन्दिर व्यवस्थापन समितिले उनको उद्धार गरेको थियो ।


